६ मंसिर २०८३, आइतबार

एसएसबीले ६ वर्षअघि हत्या गरेका साहको परिवारलाई सरकारले १० लाख दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान दिने भएको छ ।

शनिबार कञ्चनपुरको पुनर्वासमा एसएसबीको गोली लागेर ज्यान गुमाएका सहिद गोविन्द गौतमका परिवारलाई आनन्द बजार पुगी राहत रकम हस्तान्तरण गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मोरङका साह परिवारलाई ढिलै भएपनि क्षतिपूर्ती र सम्मान दिने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

‘६ वर्षअघि भारतीय सीमा सुरक्षाकर्मीको गोलीले मारिएका वासुदेव साहको परिवारलाई रू. १० लाख राहत स्वरूप दिने निर्णय प्रकृयाका लागि निर्देशन दिएको छु,’ निधिले ट्वीटरमार्फत भनेका छन् ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार स्थानीय निर्वाचन सुरक्षा योजना र त्यसको कार्यान्वयन सम्बन्धमा भोलि बिराटनगरमा बस्न लागेको पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकमा सहभागी हुन मोरङ जान लागेका गृहमन्त्री निधिले साहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख रुपैयाँको चेक हस्तान्त्रण गर्नेछन् ।

मोरङको सीमावर्ती अमाही बरियाती–७ बयरबनाका साहलाई भारतीय सुरक्षाकर्मी (एसएसबी)ले २०६७ जेठ ११ गते अनुमतिविना नेपाली भूमि प्रवेश गरी गोली हानी हत्या गरेका थिए ।