२९ आश्विन २०८३, बिहिबार

कुकुरलाई यातना दिँदा पाँच वर्षको जेल सजायँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमेरिकाको साउथ केरोलिनामा कुकुरलाई यातना दिने व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । कुकुर बढी भुकेको भन्दै बिजुलीको काममा प्रयोग हुने टेपले मुख बाधिदिएका एक २३ वर्षीय विलियन शोडसनलाई जेल सजाय सुनाइएको हो ।

उनलाई पशु माथि क्रुरता अपनाएको भन्दै अधिकतम सजाय सुनाइएको हो । न्यायाधीश मार्कले डेनिसले यस्तो सजाय सुनाएका थिए ।

चार्ल्सटन एनिमल सोसायटीका निर्देशक एल्डविन रोमनले यस घटनाले पशुमाथि क्रुरता अपनाउन नहुने सन्देश दिएको बताए । मुख बाँधिएको कुकुरलाई गम्भीर अवस्थामा भेटाइएको थियो । टेपले गर्दा उसको जिब्रो काटिएको थियो भने मुखबाट रगत बगिरहेको थियो ।