६ मंसिर २०८३, आइतबार

राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने निश्चित, मिति तोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने निश्चित भएको छ ।

शीतलनिवास स्रोतका अनुसार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी वैशाख ४ गते भारत भ्रमणमा जाने निश्चित भएको हो ।

यो भ्रमण भण्डारी राष्ट्रपति भएपछिको पहिलो विदेश भ्रमण हो । उनले भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण चार वा पाँच दिनको हुने बताइएको छ । र, भ्रमणका क्रममा केही सम्झौतामा पनि हस्ताक्षर हुनसक्ने छ ।