२० कार्तिक २०८३, शुक्रबार

काँठेखोलामा एमालेको सम्पर्क कार्यालय स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १३ चैत । स्थानीय तह पुनसंरचना आयोगले ७ सय ४४ वटा स्थानीय तह कायम गरेपछि साविकका गाउँ विकास समितिहरु परिवर्तन भएर नगरपालिका र गाउँपालिका बनेका छन् । पुनसंरचनासंगै घोषणा भएको स्थानीय तह निर्वाचनले राजनीतिक दलहरुको क्रियाशिलतालाई बढाएको छ ।

यसै सन्दर्भमा नेकपा एमालेले काँठेखोला गाउँपालिकामा सम्पर्क कार्यालय सञ्चालन गरेको छ । शनिवार एक कार्यक्रमका बीच सम्पर्क कार्यालयको उद्घाटन गरिएको जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभयो । काठेखोला गाउँपालिका वडा नं. २ अक्षेतेमा सम्पर्क कार्यालय सञ्चालन गरिएको छ ।

सो अवसरमा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसी, केन्द्रीय कानुन विभागका सदस्य ममतादेवी शर्मा, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, जिल्ला सदस्यहरु अमरबहादुर थापा र गंगा शर्मा लगायतले सम्पर्क कार्यालयबाट पार्टीका सम्पूर्ण गतिविधि सञ्चालनका साथै निर्वाचनलाई केन्द्रीत गरेर अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

स्थानीय तहको कार्यान्वयनसंगै निर्वाचनको अभियान सञ्चालनका लागि अक्षेतेमा सम्पर्क कार्यालय र सुल्डाडामा निर्वाचन कार्यालय सञ्चालन गरिने एमाले जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिका सहसंयोजक अञ्जु जिसीले जानकारी दिनुभयो ।

नेकपा एमाले काँठेखोला संगठन कमिटिमा रहने सदस्यहरुको बारेमा संयोजक डिल्लीराज गौतमले जानकारी गराउनु भएको थियो ।