धनगढी, १३ चैत । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरको पुनर्वास घटनामा भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताएका छन् ।
भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु हुँदासमेत सरकार गैरजिम्मेवार र लाचार ढंगमा प्रस्तुत भइरहेको भन्दै बाबुरामले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने- ‘जुनसुकै हालतमा भारतलाई माफी मगाएरै छाड्नुपर्छ ।’
संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको भन्दै साना दलले विरोध गर्नुको कुनै अर्थ नरहेको दाबी गरे ।
असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै बाबुरामले निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको जानकारी गराए ।
राष्ट्रिय एकतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुको विकल्प नभएको भन्दै उनले संशोधन नभए देशमा फेरि ठूलो द्धन्द हुने चेतावनी दिए । हिमाल, पहाड, तराईका जनतालाई समेट्ने गरी समयावधिमा निर्वाचन हुनुपर्ने उनको भनाई छ ।











प्रतिक्रिया