
बैतडी, १२ चैत । सुदूरपश्चिममा लगातार भूकम्पका धक्का महसुस हुने क्रम बढिरहेका बेला शनिबार बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
शनिबार साँझ ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दू भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले भूकम्पले क्षति पुर्याएको कुनै जानकारी नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।
पछिल्ला दिनहरुमा सुदूरपश्चिमका जिल्लामा भूकम्पका धक्का जाने क्रम बढिसँगै सर्वसाधारणहरु त्रसित भइरहेका छन् ।











प्रतिक्रिया