६ मंसिर २०८३, आइतबार

उपाध्यक्ष गौतमले भने– ‘विश्वस्त रहनुहोस्, निर्वाचन हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ चैत । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचन कुनै पनि शक्तिले बिथोल्न नमिल्ने बताउनुभयो । सरकारले संविधान संशोधनको प्रस्तावमार्फत स्थानीय तहको अधिकार कटौती गर्न खोजेको भन्दै गौतमले एमालेले यसलाई असफल बनाउने बताउनुभयो ।

मधेसी मोर्चाका नाममा सरकार तमासे बनेर निर्वाचन नगराउने खेलमा लागेको भन्दै उहाँले तराई–मधेसका जनताको पाँच प्रतिशत समर्थन भएका राजनीतिक दलले निर्वाचन बिथोल्न खोज्नु गलत रहेको बताउनुभयो ।

आफूहरुले सप्तरीमा आयोजना गरेको आमसभालाई सरकारले नियोजित तरिकाले बिथोलेको भन्दै पुनः आमसभाको तयारी भइरहेको उहाँले बताउनुभयो । अबको आमसभा पनि बिथोलियो भने यसको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो । रासस