काठमाडौं, १२ चैत्र । गोंगबुस्थित एक व्यवसायिक भवनमा आगलागी भएको छ ।
पाथिभरा रोधीघर रहेको गेष्ट हाउस भवनमा आगलागी भएको हो । आगो भुइँतल्लाबाट सल्किएको महाराजगंज वृत्तका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।
बसपार्कको गेटअघि श्रेष्ठ बेकरी रहेको भवनको पहिलो र दोस्रो तल्लामा आगलागी भएको हो । आगो भुइँ तल्लाकै श्रेष्ठ बेकरीबाट सल्किएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ ।
आगलागीबाट बेकरी सपका समानहरु जलेर नष्ट भएको छ । एक जुत्ता पसलमा पनि क्षति पुगेको छ भने बुक सप ट्राभल एजेन्सीमा पनि सामान्य क्षति पुगेको छ । पाथिभरा रोधीघरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । व्यापारीहरुका अनुसार लाखौंको क्षति भएको अनुमान छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली र काठमाडौं महानगरपालिकाको दमकल परिचालन गरिएपछि आगो नियन्त्रण आएको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।












प्रतिक्रिया