काठमाडौं, ११ चैत । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई ‘एनसेल’ प्रयोग नगर्न निर्देशन दिएको छ । संगठनको आज बसेको स्थायी समिति बैठकले आफ्ना सबै कार्यकर्तालाई एनसेल प्रयोग नगर्न निर्देशन दिएको हो ।
एनसेलले सरकारलाई बुझाउनु पर्ने पुँजीगत लाभ कर नबुझाएकाले यस्तो निर्देशन दिइएको संगठनका सचिव आरसी लामिछानेले जानकारी दिए । साथै, सर्वसाधारणलाई पनि एनसेल प्रयोग नगर्न आग्रह गरेको छ ।
एनसेलको विरोध गर्दै अनेरास्ववियुले पूँजीगत लाभ कर नबुझाएको विषयमा सचेत गराउन अर्थमन्त्री र संसदको सार्वजनिक लेखा समितिलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ । साथै सबै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको सचिव लामिछानेले गरेको छ ।
निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले खरिदब्रिकी गर्दा सरकारलाई बुझाउनु पर्ने २६ अर्ब रूपैयाँ नबुझाएको भन्दै विरोध भइरहेको छ ।












प्रतिक्रिया