३० आश्विन २०८३, शुक्रबार

फरार बालकृष्ण ढुंगेलले ‘मलाई मुद्दा लाउनेको फिला चिरिदिन्छु’ भनेपछि…

33.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । माओबादी केन्द्रका नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेलले सर्बोच्चका पूर्वन्यायाधीश कल्याणकुमार श्रेष्ठ, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, आफूविरुद्ध मुद्दा लगाउने, फैसला गर्ने, पक्राउ गर्न आउने जोकोहीको फिला चिरिदिने धम्की दिएको भिडियो अहिले भाइरल भएको छ ।

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका ढुंगेलले ओखलढुंगामा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो धम्की दिएका हुन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसमा उनले भनेका छन्– ‘म कथित सर्बोच्च अदालतको आदेशमा आत्मसमर्पण गर्दिन, बरु बलिदान दिन तयार छुँ’ उनले उल्टै कल्याण श्रेष्ठ र खिलराज रेग्मी विरुद्ध जनअदालतबाट वारेन्ट जारी गर्ने बताएका छन् ।

ओखलढुंगाका विभिन्न संघसंस्थाहरुले नेता ढुंगेल निर्दोश भएको भन्दै अभिनन्दन गरेका थिए । ओखलढुंगा क्षेत्र नम्बर २ का पूर्वसभासद ढुंगेल अदालतको वारेन्टीपछि अर्धभुमिगत छन् ।

भिडियो: इमान्दार मिडिया