
रौतहट, ११ चैत । नेपाली सेनाले तराई मधेसका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन घुम्ती शिविर सञ्चालन गरेको छ ।
हाल रौतहटमा सञ्चालित शिविरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवलोकन गरेका छन् ।

अवलोकनपछि क्षत्रीले भनेका छन्– ‘लक्ष्यको प्राथमिकता, जनसेवाप्रतिको हाम्रो प्रतिबद्धता ।’
रौतहटमा नेपाली सेनाद्धारा संचालित स्वास्थ्य शिविर, नेपाली सेनाको जनताप्रतिको उत्तरदायित्व झल्काउने एक नमुना हो । मलाई विश्वास छ, यहाँबाट संचालन भइरहेको स्वास्थ्य सेवा गौर र आसपासका जनताहरुको लागि लाभदायक भइरहेको छन् ।
















प्रतिक्रिया