२० कार्तिक २०८३, शुक्रबार

‘स्थानीय तहको निर्वाचन गर्नु भनेको उल्टो गंगा बगेको जस्तो हो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । मधेशी मोर्चाका शीर्ष नेता रामनरेश राय यादवले पहिले स्थानीय तहको निर्वाचन घोषणा गरेर सरकारले गलत गरेको टिप्पणी गर्दै पहिले केन्द्रको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मिति तत्काल सार्नुपर्ने माँग गरे ।

उनले सुरुदेखि नै आफूहरू केन्द्रको निर्वाचनको पक्षमा रहेको बताउँदै आजका दिसम्म पनि मोर्चाभित्र केन्द्रकै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा रहेको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचन गर्नु भनेको उल्टो गंगा बगेको जस्तो हो, यसलाई सुल्टो बनाउनुपर्छ ।’

उनले भने, ‘मोर्चा अहिले पनि केन्द्रको निर्वाचनको पक्षमा छ, स्थानीय तहको निर्वाचन प्रदेश सभाले गर्नुपर्छ भन्नेमा हामी अडिक छौँ ।’ उनले स्थानीय तहको निर्वाचन गर्न खोजेर सरकारले संघीयतालाई नै समाप्त पार्न खोजिरहेको आरोप लगाए ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन नै अवैज्ञानिक र अव्यवहारिक रहेको आरोप लगाउँदै यादवले आयोगको प्रतिवेदनले सिँगो मधेशलाई उपेक्षा गरेको बताए ।