२९ आश्विन २०८३, बिहिबार

यसरी भयो एउटा लभ स्टोरीको खतरनाक अन्त्य !

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतको आगरामा प्रहरीले १० मार्चमा भएको एक महिलाको हत्याको खुलासा गर्दै प्रेमीलाई पक्राउ गरेको छ । आगरामा आफन्तको घरमा बस्दै आएकी आसामकी सोफियाको शव आगराको कमलानगरमा निर्माणाधिन एक घरमा फेला परेको थियो ।

पीडितको परिवारको जाहेरीका आधारमा महिलाका प्रेमीलाई पक्राउ गरिएको एएसपी अनुराग बत्सले बताए । उनी विवाहित महिला भएपनि आरोपीसंग अवैध सम्बन्ध रहेको थियो । उनी घरबाट आसाम जाने भनेर निस्किएकी थिइन् ।

महिलाको शवसंगै कपडा, मोबाइलको बिल पनि मिलेको थियो । प्रहरीले बिलको आधारमा छानविन गर्दा मृतक महिलाको कान्छी आमाले उनको अबैध सम्बन्ध रहेको पत्ता लगाएकी थिइन् । प्रहरीले फोन डिटेलको आधारमा रेणुका धाम कमलानगरका पुरुष रामबीरलाई पक्राउ गर्यो । उनले मृतकको कानमा लगाएको सुन पनि चुडेर लगेका थिए ।