– रबिना बोहरा
बागलुङ, ११ चैत । बागलुङ सदरमुकाममा सञ्चालित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका एक महिला कर्मचारीलाई सुत्केरी खर्च र उनकी नवजात शिशुलाई वचत खाता सञ्चालनका लागि रकम प्रदान गरेको छ ।
सूचना तथा सञ्चार, वचत तथा ऋण लगायत सामाजिक सेवामा क्रियाशिल आदर्श सञ्चारले संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकमा संवाददाताको रुपमा कार्यरत सिर्जना पन्तलाई सुत्केरी खर्च ३ हजार उपलब्ध गराएको हो । पन्तकी छोरीलाई संस्थामा दिर्घकालिन बाल वचत खाता सञ्चालनका लागि १ हजार रुपैया उपलब्ध गराएको हो । पन्तकी छोरीको नाम संस्थाले समृद्धि राखिदिएको छ ।
बालबालिकाहरुलाई नियमित रुपमा वचत गर्न सिकाउने उदेश्यले दिर्घकालिन बाल वचत र प्रौढहरुका लागि समेत दिर्घकालिन वचत अभियान सञ्चालन गरेको संस्थाले मासिक न्यूनतम १ सय रुपैया जम्मा गर्ने अभियान चलाएको छ ।
मासिक १ सय वचत गर्ने र वार्षिक रुपमा उक्त वचतमा १२ प्रतिशत व्याज दिदै जादाँ ५० वर्षमा ३० लाख रकम जम्मा हुने भएकाले बालबालिकादेखि प्रौढहरुलाई समेत दिर्घकालिन वचत अभियानमा लाग्न आव्हान गरिएको संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष अमर बहादुर थापा, उपाध्यक्ष अञ्जु जिसी, कोषाध्यक्ष अनन्त खड्का, सहसचिव ललिता थापा, सदस्य शान्ति ज्ञवाली, शान्ति श्रेष्ठ, योगेन्द्रराज पराजुली लगायतले सुत्केरी खर्च वापतको रकम प्रदान गर्दै सुत्केरी र नवजात शिशुको सुस्वास्थ्य सहित प्रगतिका लागि शुभकामना दिनु भएको थियो ।
सुत्केरी खर्च रकम वितरण कार्यक्रमको सञ्चालन सहकारीका सम्पादक सम्पादक रामबहादुर जिसीले गर्नुभएको थियो ।
सम्वाददाता सिर्जना पन्त र सन्तोष क्षेत्रीको विवाह आदर्श सञ्चार सहकारी सम्पन्न गरेको थियो । पन्त र क्षेत्रीले विवाह खर्च कटाएर ५० हजार रुपैयाको सिर्जनशिल पत्रकारिता अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषबाट धौलागिरिमा रहेर पत्रकारितत गर्ने एकजना सञ्चारकर्मीलाई प्रत्येक वर्ष नगद ५ हजार रुपैया सहित पुरस्कृत गरिदै आएको छ ।
सहकारी संस्थाहरुले वित्तीय कारोबारसंगै सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गरी समाज रुपान्तरणमा योगदान गर्नु पर्ने भएकाले आदर्शले विभिन्न खाले सामाजिक गतिविधि गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
















प्रतिक्रिया