२० कार्तिक २०८३, शुक्रबार

यी हुन् नेपाली सेनाका नयाँ प्रवक्ता, कार्कीले गरे कार्यभार हस्तान्तरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । आजदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी झंकरबहादुर कडायतले सम्हालेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक रहेर प्रवक्ताको जिम्मेवारी सम्हालेका कडायतलाई शुक्रबार मानार्थ उपरथी ताराबहादुर कार्कीले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच कार्यभार हस्तान्तरण गरे ।
कार्यक्रममा उपरथी कार्कीले करिब १८ महिना सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गरे ।

सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै उनले सेना र संचार जगत बीचको सम्बन्धमा सदाझंै हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गरे ।