विराटनगर, १० चैत । पूर्वाञ्चलबाट प्रकाशन हुँदै आएको न्यू सृष्टि दैनिकले पत्रकार ऋषि धमलालाई सम्मान तथा पुरस्कार दिने भएको छ ।
उक्त पत्रिकाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा पत्रकार धमलाले पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता, लोकतन्त्र, विधिको शासन र कानूनी राज्य स्थापित् गर्नको लागि खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गर्न लागेको पत्रिकाका प्रधान–सम्पादक शंकर खरेलले जानकारी दिए ।
पत्रकार धमलाले पत्रकारिताको माध्यममा राष्ट्रिय राजनीतिमा समेत सहमतिको लागि वातावरण बनाउने रिपोर्टर्स क्लब नेपालको लोकप्रिय कार्यक्रम ‘साक्षात्कार’ मार्फत खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गर्न लागेको खरेलले बताए ।
खरेलका अनुसार वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत्र १४ गते सम्मान कार्यक्रम राखिएको छ । उक्त सम्मान भने उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधिले हस्तान्तरण गर्नेछन् ।
त्यस्तै पत्रिकाले कलाकारद्धय दिपाश्री निरौंला र दिपकराज गिरी र प्रतिष्ठित् व्यापारी महेश जाजुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।












प्रतिक्रिया