२० कार्तिक २०८३, शुक्रबार

७ नम्बर प्रदेशमा थप ८० मतदान स्थल माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ११ चैत । घोषीत स्थानीय तहको चुनावका लागि प्रदेश नम्बर ७ (सुदूरपश्चिमाञ्चल क्षेत्र) मा ८० वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ ।

यस प्रदेशका नौ जिल्लामा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउ“पालिका गरी ८८ वटा स्थानीय तह निर्धारण गरिएको छ ।

स्थानीय तहको निर्धारण स“गै मतदान स्थलको पुनरावलोकन गर्ने क्रममा ८० वटा मतदान स्थल थप गर्नका लागि जिल्लाबाट सिफारिस गरेर निर्वाचन आयोगमा पठाइएको हो । दोस्रो संविधान सभाको चुनावमा यस प्रदेशमा एक हजार ३५ मतदान स्थल रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालयहरुले मतदान स्थलको पुनरावलोकन गरेपछि यस प्रदेशबाट नौवटै जिल्लाका गरि एक हजार १ सय ७ मतदान स्थल राखिने गरि निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरुले बताए ।

निर्वाचन आयोगमा सबै भन्दाबढी मतदान स्थल थपका लागि कैलाली जिल्लाबाट परेको छ । कैलाली जिल्लामा दोस्रो संविधानसभाको चुनावका बेला दुई सय १७ वटा मतदान स्थल रहेकोमा हाल स्थानीय तहको निर्वाचनका लागि थप १५ मतदान स्थल माग गरिएको कैलालीका क्षेत्रीय निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए ।

यसैगरि स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा ६ वटा, बझाङमा २६ वटा, डोटीमा ९ वटा, अछाममा २ वटा, दार्चुलामा १४ वटा र डडेल्धुरामा ८ वटा मतदान स्थल राख्नका लागि निर्वाचन आयोगमा सिफारिश गरिएको छ ।

दोस्रो संविधानसभामा कञ्चनपुरमा एक सय २६, बझाङमा एक सय, डोटीमा एक सय छ, अछाममा एक सय २७, दार्चुलामा ९६ र डडेल्धुरामा ६९ मतदान स्थल रहेका थिए ।

बाजुरा जिल्लामा भने दोस्रो संविधानसभाको मतदान स्थलभन्दा स्थानीय तहको निर्वाचनका लागि घटाएर सिफारिस गरिएको छ । बाजुरामा दोस्रो संविधान सभामा ७४ वटा मतदान स्थल रहेकोमा ५ वटा घटाएर हाल ६९ वटा मतदान स्थलका लागि सिफारिस गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जानकारी दिए ।

यस प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयहरुले मतदान स्थलको पुनरावलोकन कार्य सकेर निर्वाचन आयोगलाई विवरण पठाइसकेकोले मतदाता संख्या र मतदान केन्द्रको टुङ्गो निर्वाचन आयोगलेनै लगाउने क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले बताए ।

‘जिल्लास्थित निर्वाचन कार्यालयहरुले पुनरावलोकन काम सकेर यही चैत १२, १३ र १४ गते जिल्ला निर्वाचन प्रमुख सहितका पदाधिकारीहरुलाई मतदान शिक्षाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ’, क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले भने, ‘नौ वटै जिल्ला निर्वाचन कार्यालयहरुले बुधबार नै जिल्लाभित्र रहेका कर्मचारीहरुको विवरण निर्वाचन आयोगलाई पठाइसकेका छन् ।’

यस क्षेत्रका सबै जिल्लामा चुनावका लागि आवश्यक पर्ने मतदान केन्द्र, मतदान स्थल लगायत शान्तिसुरक्षाको अवस्था बारे आवश्यक प्रक्रिया लगभग तयारी भइसकेको छ । चुनावमा सहभागी राजनीति दल र महानुभावहरुले निर्धक्करुपमा आफ्नो चुनावी गतिविधीमा लाग्न सुदूरपश्चिम उपक्षेत्रीय प्रशासक सुरेन्द्र पौडेलले आग्रह गरे ।