झलारी, ११ चैत । नेपाली कांग्रेसका एक जना क्षेत्रीय नेताले पार्टी परित्याग गरेको दश दिनमै पुनः पार्टीमै फर्केका छन् । २०३६ सालदेखि नेपाली काग्रेस पार्टीमा सक्रिय रहेका कृष्णपुर–२ वाणीका बलराम पन्तले विहीबार पुनः अर्को विज्ञप्ति जारी गर्दै आफू कांग्रेस पार्टी मै रहिरहेको जानकारी दिएका हुन ।
नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सिद्धान्त बोकेका उद्योगपति पन्त कञ्चनपुरका इमान्दार र स्वच्छ छविका नेताका रुपमा चिनिने भए पनि हाल आएर उहाँको यस किसिमको नाटकीय व्यवहारले सबैतिर चर्चाको विषय बनेको छ । सामाजिक सञ्जाल (फेसबुक) र पत्रिकामार्फत पार्टी परित्याग गरेको विज्ञप्ती जारी गरेर पार्टीबाट अलग्गिएका नेता पन्त विभिन्न पार्टीमा प्रवेश गरिरहेको हल्ला चलिरहेको समयमा पुनः पार्टीमा रहिरहेको विज्ञप्ती आएपछि फेसबुक पन्तको आलोचनाले रङ्गीएको पाइन्छ ।
पार्र्टी भित्र नातावाद, कृपावाद हाबी भएको र आफूले काम गर्ने अवसर नपाएको भन्दै पन्तले पार्टी छाडेका थिए् । ‘मेरो कुनै मुल्यांकन नगरी पार्टीभित्र सधै नातावाद, कृपावाद, पूर्वाग्रह, पक्षपात गरी मलाई पाखा लगाई आ आफ्ना नातागोता, इष्टमित्र एवं नजिकका मान्छेहरुलाई काखी च्यापी अवसर दिने प्रवृति हावी भएको र मेरो काम गर्ने इच्छा जाहेर गर्दा समेत मलाई वेवास्ता गरेकाले पार्टी परित्याग गर्न बाध्य भएको छु,’ भन्ने पन्तले पुनः पार्टिमै रहिरहेको जनाएपछि कञ्चनपुर र सुदूरपश्चिमका नेपाली कांग्रेस पार्टि कार्यकर्ताहरु खुशी भएका छन ।














प्रतिक्रिया