३१ आश्विन २०८३, शनिबार

लाप्राकमा बस्ती निर्माण गर्न एनआरएनले अनुमति पायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ११ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नुमना बस्ती निर्माणका लागी गैर आवासीय नेपाली संघलाई स्वीकृत दिएको छ ।

प्राधिकरण अन्र्तगतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहिवार बसेको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा संघलाई नमुना बस्ती निर्माण गर्ने स्वीकृती दिएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिव ६ सय नमुना घरका लागी भूकम्प प्रतिरोधी डिजाईनमा केही परिमार्जन गरि पेश गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो ।

गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा भूकम्प पिडितका लागी करिब ६ सय नमुना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोडको लागत अनुमान गरिएको उक्त नमुना बस्ती आगमी अक्टोवरसम्म निर्माण सम्पन्न गरिसक्ने संघको योजना छ ।