
काठमाडौं, १० चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्ने भएको छ ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा मुलुककोपछिल्लो राजनीतिक अवस्थामा छलफल हुने जनाइएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चासँग भएका छलफल र त्यसमा आएका प्रस्तावहरूमा एमालेले धारणा बनाउनेछ ।
संविधान संशोधनका विषयमा प्रमुख दलहरूबीच आन्तरिक परामर्श भइरहेको बेला अध्यक्ष ओलीले स्थायी समितिको बैठक बोलाएका हुन् ।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने बुझिएको छ । बैठक बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया