१४ कार्तिक २०८३, शनिबार

बोल्दा बोल्दै फोन काटियो भने अब क्षतिपूर्ति पाइने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ ।

बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागू गर्न गृहकार्य थालेको छ ।

यस्ता समस्यालाई समाधान गर्न दूरसञ्चार सेवा प्रदायकलाई त्यसको क्षतिपूर्ति भराउने अन्तिम तयारी गरिरहेको प्राधिकरणले उपभोक्ताका गुनासा सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको जनाएको छ ।

‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दै छौं’, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भन्नु भयो ।

उहाँले तोकिएको मापदण्ड पुरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताउँदै– ‘पहिला तपाईंहरु (सेवाग्राही)ले हामीलाई तथ्यपरक गुनासो त गर्नुहोस् हामी एक एक गरी कारबाही गछौँ, कसैलाई छोड्दैनौँ,’ भन्नुभयो ।