६ मंसिर २०८३, आइतबार

नेपाली सेनाको प्रवक्तामा कडायत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी झंकर कडायतले पाएका छन् । प्रवक्ता ताराबहादुर कार्की ५६ वर्षे सेवाअवधि पूरा गरी चैत १५ देखि बिदा हुने भएपछि जंगी अड्डाले कडायतलाई प्रवक्ता तोकेको हो ।

हाल सेनाको १० वाहिनी (स्पेशल फोर्स) को वाहिनीपति रहेका कडायतलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाको जनसम्र्पक निर्देशनालयको निर्देशकको जिम्मेवारीमा ल्याएका हुन् ।

कडायतले यसअघि दिल्लीस्थित नेपाली दूतावासमा सैनिक सहचारीका रुपमा काम गर्नुका साथै जुम्लामा वाहिनीपतिको जिम्मेवारी सम्हालेका थिए ।