६ मंसिर २०८३, आइतबार

माओवादी नेता शर्माले भने- एमालेले निर्वाचनमा बहुमत ल्याउँछु भनेर नसोचे हुन्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संविधान संशोधन गरेर निर्वाचनमा जानेगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा बुधबार आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘मधेशी मोर्चाका माँगहरुलाई सम्बोधन गर्नुपर्छ, उहाँहरुको माँग सम्बोधन गर्ने महत्वपूर्ण भूमिकामा अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ ।’

उनले एमाले शीर्ष नेताहरुले मेची–महाकाली अभियानको क्रममा भैरहवामा गरेको भाषणको टिप्पणी गर्दै भने, ‘भैरहवाको आमसभामा एमाले नेताहरुले गरेको भाषणाले गुल्मी, पाल्पा र अर्घाखाँचीका जनताको मन जित्नुभयो होला तर सिँगो मधेश र मधेशी जनतालाई होच्याउने काम गर्नुहुँदैन, उहाँहरुको घाउ चर्यायो ।’

बहुमत ल्याउने सपना नदेख्न आग्रह

उनले नेपालमा कुनैपनि पार्टीले बहुमत ल्याउँछु भनेर नसोचे हुन्छ भन्दै सबैले सबै दलको सम्मान गरेर अघि बढ्दा नै देश र जनताको भलो हुने स्पष्ट पारे । उनले भने, ‘हामी यो देशमा समस्या थुपार्न सक्छौं, तर समस्याको समाधान गर्न सक्छौं कि सक्दैनौं, प्रधान कुरा त यो पो हो ।’ उनले प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो अडान सुधार्नुपर्ने समेत माँग गरे । शर्माले थपे, ‘एमालेले मोर्चासँग सम्बन्ध सुधार गर्नुपर्छ, प्रगाढ बनाउनुपर्छ ।’

उनले संविधान संशोधनमा एमाले र मोर्चालाई एक ठाउँमा उभ्याउनको लागि प्रधानमन्त्री दाहालले प्रयत्न गरिरहेको जिकिर गरे । उनले मधेशी मोर्चाले पनि चुनावमा भाग लिन्छौं भनिरहेको अवस्था भएकोले प्रमुख दलहरु जनताप्रति उदार हुनुपर्नेमा जोड दिए ।