६ मंसिर २०८३, आइतबार

साना दललाई कसेरै थ्रेसहोल्ड लगाएपछि यस्तो आयो एमालेको प्रतिक्रिया

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेकपा एमालेले निर्वाचनमा राजनीतिक दलमाथि थ्रेसहोल्ड लगाउने निर्णयको स्वागत गरेको छ ।

बुधबार राज्य व्यवस्थासमिति अन्तर्गतको उपसमितिले राजनीतिक व्यवस्थासम्बन्धी विधेयकमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने प्रस्ताव पारित गरेलगत्तै एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले ढिलै भएपनि थ्रेसहोल्डको व्यवस्था लागु हुनु लोकतन्त्रको हितमा रहेको बताए ।

उपसमितिले राजनीतिक दलको मान्यता पाउन निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नैपर्ने र समानुपातिकतर्फ कुल खसेको मतको ३ न्युनतम ३ प्रतिशत ल्याउनैपर्ने व्यवस्थासहितको विधेयक पारित गरी संसदमा पेस गर्ने तयारी गरेको छ । यससँगै अगामी निर्वाचनमा थ्रेसहोल्ड कार्यान्वयनमा आउनेछ ।

एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘राष्ट्रिय पार्टी बन्न ३ प्रतिसत मत र प्रत्यक्षमा १ सिट जित्नुपर्ने प्रावधान सहितको थ्रेसहोल्डको व्यवस्था भएछ । लोकतन्त्रको हितमा राम्रै भो ।’