काठमाडौं, ९ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ ।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मोर्चाका नेता अनिल झाले मोर्चालाई निर्वाचन भाग लिने वातावरण निर्माण गर्न सरकारसँग माग गरे । सत्ता पक्षले द्वैद चरित्र देखाएकोे आरोप लगाउँदै उनले स्पष्ट कुरा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरे ।
झाले सत्तापक्षलाई कि त संशोधन प्रस्ताव पास गर्छौँ भनेर लाग्नुपर्ने, वा कि त निर्वाचनको लागि घनघोर प्रचार गरेर अघि बढ्नुपर्ने बताउदै भने, ‘तर सरकारले द्वैद चरित्र देखाएको छ, द्धिविधा सिर्जना गरिरहेको छ, यो हुन सक्दैन, हामीले १०३ बुँदामा असहमति राख्दै आज तीन बुँदामा आई पुगेका छौँ, त्यही पनि हुन्छ भने प्रष्ट हुन्छ भन्नुपर्यो हुँदैन भने, हुँदैन निर्वाचनमा जानुस् भन्नुपर्यो, हामीलाई निर्वाचनमा भाग लिने वातावरण मिलाउनुपर्यो ।’
नेपाल सद्भावना पार्टीका अध्यक्ष समेत रहेका नेता झाले फरक प्रसँगमा ‘यहाँ खसिको मासु पाईन्छ’ भनेर लेखिएको ठाउँमा आज आएर ‘पाईन्छ’ मात्रै बाँकि रहेको बताए ।
उनले भने, ‘अब ‘पाईन्छ’ भन्ने कुरामा कति पाईन्छ त्यसैको पर्खाईमा छौँ, एउटा कुरा काँग्रेसले ३ दशक, एमालले २ दशक र माओवादी केन्द्रले १ दशक निर्वाचन बहिष्कार गरेको ईतिहास छ तर मेरो दल र मधेशी मोर्चाले कहिल्यै चुनाव वहिष्कार गरेको छैन, स्ववियू निर्वाचनमा मधेशी विद्यार्थीहरूलाई बञ्चित गराईएको छ, फेरी पनि हामीलाई निहुँ बनाएर स्थानीय तहको निर्वाचनबाट बञ्चित गर्ने खेल हुँदैछ, हाम्रा मागहरू सम्बोधन गर्नको लागि परिणाममुखि कदम चाल्नुपर्छ ।’












प्रतिक्रिया