१ कार्तिक २०८३, आइतबार

आईजी प्रकरणमा एमालेकै नेता भन्छन्- सुदूरपश्चिमप्रति षड्यन्त्रको निरन्तरता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिंगो पार्टीपंक्ति डीआईजी नवराज सिलवालको पक्षमा उभिएको छ ।

एमालेले जयबहादुर चन्दलाई आईजी नियुक्त गर्ने प्रचण्ड सरकारको निर्णयमा चित्त बुझाएको छैन् । यही बेला सर्वाेच्च अदालतले नै चन्दको बढुवा निर्णय खारेज गरिदिएर सिलवालको लागि बाटो खोलिदिएपछि एमालेवृतमा खुसियाली छाएको छ ।

तर, एमालेका एक जनाले भने यसलाई षडयन्त्र भनेका छन् । एमाले पूर्व केन्द्रीय सदस्य एवं महाकाली अञ्चलका प्रभावशाली नेता उर्बादत्त पन्तले सर्वाेच्च अदालतको फैसलामा प्रतिक्रिया दिँदै आईजी प्रकरणमा फेरि एकपटक सुदूरपश्चिममाथि षडयन्त्र भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– नेपाल प्रहरी आईजीपी नियुक्ति प्रकरण सुदूरपश्चिमप्रति षड्यन्त्रको निरन्तरता !

उनको यो प्रतिक्रियाको एमाले नेता कार्यकर्ताले आलोचना गरेका छन् ।