१४ कार्तिक २०८३, शनिबार

कोरियन भाषा परीक्षाको आवेदन खुला, अब लाइन बस्नै नपर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाईन आवेदन फारम खुला हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घण्टा सम्पर्कमा राख्ने भएको छ ।