
पर्सा, ८ चैत । निर्वाचनको विरोधमा रहेका मधेसकेन्द्रीत दलसहित ४० दल जिल्ला निवार्चन कार्यालय पर्सामा दर्ता भएका छन् ।
आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचनका लागि मधेसकेन्द्रीत दलसहित ४० दलले जिल्ला निवार्चन कार्यालयमा दर्ता गराएका हुन् ।
दल दर्ताका लागि आह्वान गरिएको सूचनाको आधारमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल(तमलोपा), सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी (तमासपा), नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रले कार्यालयमा दल दर्ता गराएको जिल्ला निवार्चन कार्यालय पर्साका प्रमुख हुमनाथ पोखरेलले जानकारी दिनुभयो ।
त्यसै दल दर्ता गराउनेमा नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाअधिकार फोरम (लोकतान्त्रिक)लगायत ४० दल रहेको निवार्चन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
उहाँले सरकारले घोषणा गरेको स्थानीय तहको निवार्चनलाई सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको पनि बताउनुभयो । रासस











प्रतिक्रिया