१ कार्तिक २०८३, आइतबार

सर्वोच्चको फैसला आफ्नो पक्षमा आएपछि नवराज सिलवालले के भने ?

22.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । डीआईजी नवराज सिलवालले नेपाल प्रहरीको आईजीपी प्रकरणमा आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार अपराह्न सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गरेलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिलवालले अदालतले पनि आफूलाई कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा राखेको र यही आफ्नो जित भएको बताए ।

‘कार्यसम्पादन मूल्याङ्कनमा म एक नम्बरमा थिए,’ उनले भने– ‘सम्मानित अदालतले पनि यो कुरालाई आधारमा प्रमाणित गरिदिएर मलाई न्याय दिएको छ । मैले जितेँ ।’

मन्त्रिपरिषद्को फागुन १ गतेको बैठकले चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल न्याय खोज्दै अदालत पुगेका थिए ।