२९ आश्विन २०८३, बिहिबार

२१ करोडको भैंसी, जसले हरेक दिन पिउँछ फरक–फरक अंग्रेजी मदिरा

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतको सूरजकुञ्ड पर्यटन स्थलमा चलिरहेको सेकेण्ड कृषि नेतृत्व शिखर सम्मेलनमा ल्याइएको २१ करोड मूल्यको भैसीको शोक अचम्मको छ । जुन कुरा पत्याउनै गाह्रो हुन्छ ।

७ वर्ष १० महिनाको सुल्तान भैसा नाम गरेको भैसी हरेक दिन फरक–फरक अंग्रेजी मदिरा पिउने गर्छ । मदिरा खानुभन्दा पहिले १०० मिलीग्राम स्कच (एक प्रकारको मदिरा) पिउँछ ।

यो पनि परिवर्तन गरेर खान्छ । अचम्म के पनि छ भने यो भैंसी मंगलबार भने मदिरा पिउँदैन । किने भने मंगलबार भैंसीको सुख्खा दिन हुन्छ ।

आइतबार टिचर्स, सोमबार ब्ल्याक डग, बुधवार १०० पाइपर, विहीबार बेलेनटाइन, शनिबार ब्ल्याक लेबल वा शिवास रिगल नामका मदिरा भैंसीले पिउँछ ।

भैंसीको मालिक नरेशका अनुसार भैसीले विहानको नास्तामा देशी घ्यूको मलिदा र दूध पिउँछ । सुल्तान वर्षभरी ३० हजार विर्यको डोज दिन्छ । जुन ३०० रुपयाँ प्रति डोज बिक्री हुन्छ ।

यसअनुसार भैंसीले वर्षमा ९० लाख रुपैयाँ कमाउने गर्छ । नरेशले ६ वर्ष अघि सुल्तान (भैंसी)लाई २ लाख ४० हजार रुपैयाँमा किनेर ल्याएका थिए । राजस्थानको पुष्कर मेलामा एक पशु प्रेमीले सुल्तानको मूल्य २१ करोड रुपयाँ लगाएका थिए । तर, नरेशले सुल्तान आफ्नो छोरा भएकाले कुनै मूल्य लगाउन नसक्ने बताएका थिए । २०१३ मा भएको राष्ट्रिय पशु सौन्दर्य प्रतियोगितामां झज्जर, करनाल र हिसारमा सुल्तान राष्ट्रिय विजेता पनि भएको थियो ।