एजेन्सी । दानव, प्रेत वा पिचासको कहानी हामीले किताव, फिल्म लगायतमा पढ्ने र सुन्ने मात्रै गरेका छौं । तर, वास्तविक जीवनमा पनि यस्तो देख्न पाइने रहेछ । यस्तै, अष्ट्रेलियामा एक युवती युवकको रगत पिउछिन् ।
अस्ट्रेलियाको क्वीन्सल्याण्डकी ३८ वर्षीया जोर्जिया कन्डनको वास्तविक जिन्दगी पनि दानवको जस्तै छ । उनी रगत नपिएर बाँच्न नसक्ने स्थितिमा छन् । जोर्जिया जब १२ वर्षकी थिइन्, तब उनले मानिसको रगत पिएकी थिइन् । त्यसपछि उनलाई रगत पिउने बानी बसेको हो ।
१७ वर्षको उमेरमा उनलाई आफ्नो रगत पिउन दिने साथी समेत मिल्यो । कैयौं दिनसम्म उनले जर्जियालाई रगत पिउन दिए ।
जोर्जियाको रगत पिउने बानी दानव अर्थात प्रेतसंग जम्बन्धित फिल्म ट्वीलाइट, ट्रू ब्लड, व्याम्पायर डायरी हेरेपछि लागेको थियो । जोर्जियाकाअनुसार ब्रिसबेनमा ब्लडलस्ट बल इभेन्टमा उनी जस्तै कैयौं रगत पिउने व्यक्ति आउने गर्छन् । त्यहाँनै उनको भेट एक युवक जमाएलसंग भयो । उनी उनको ब्वाइफ्रेन्ड हुन् । जोर्जियाले आफ्नो ब्वायफ्रेन्डसंग उनको रगत पिउने इच्छा राखिन् । उनका ब्वाइफ्रेन्ड पनि बिना डर तयार भए ।
उनका व्याइफ्रेन्ड उनलाई हरेक हप्ता रगत पिलायने गर्छन् । यस कारण जर्जिया धेरै रोगको सिकार समेत भएकी छन् । उनलाई एनिमियासंगै थैलसीमिया पनि भएको छ । जसका कारण उनलाई रगतको स्वाद झन राम्रो लाग्न थाल्छ । यति मात्रै नभई उनलाई प्रेज जस्तै घाममा जान डर समेत लाग्छ ।

















प्रतिक्रिया