बुटवल, ८ चैत । देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियू सभापति कृष्ण पौडेलमाथि अपहरणको प्रयास भएको छ ।
खैरेनी मिलनचोकदेखि उत्तरतर्फ रहेको मदरतक्स बोडिङमा जादै गर्दा उहाँलाई अपहरणकारीले अपहरणको प्रयास गरेका थिए । खैरेनी प्रहरी चौकीदेखि ३ सय मिटर उत्तर तर्फ उक्त घटना घटेको हो ।
देवदहकै दुर्गा तिवारीको हत्या भएको घटना सेलाउन नपाउदै अनेरास्ववियूका तर्फबाट स्ववियु सभापतिमाथि अपहरण प्रयास भएको हो ।
पौडेल चढेको बा १५ च ७२७९ नम्बरको कार एक्कासी रोकेर अपहरणकारीले चापी निकाली पौडेललाई पछाडि राख्न खोज्दा अपहरणकारीबाट पौडेल भाग्न सफल भएका थिए । उनका साथमा रहेको सामसुङ जे सेभेन र उनी सवार रहेको कार अपहरणकारीले लगेको प्रहरीले जनाएको छ । २५ बर्षीय पौडेल नेकपा एमाले निकट अनेरास्ववियूका स्थानीय नेता हुन ।
७ जनाको समुहमा आएका अपहरणकारीले माक्स लगाएर आएको पौडेलले बताउनुभयो । पौडेलले अपहरणको प्रयास गर्ने एक जनालाई आफूले चिनेको बताउनु भएको छ । देवदह नगरपालिका वडा नं. ५ का गोपाल तमुलाई आफूले चिनेको पौडेलले प्रहरी सामु जानकारी गराएका छन ।
देवदहकै दुर्गा तिवारीको हत्या भएको घटना सेलाउन नपाउदै पौडेलमाथि भएको अपहरणको प्रयासपछि पुनः देवदह क्षेत्रका जनताहरु मा त्रास उत्पन्न भएको छ । पौडेललाई तिवारी हत्यापछि मनोज पुनको नाममा ५ लाख रुपैया चन्दा मागेको समेत बताइएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । थप विवरण आउन बाकी रहेको छ ।












प्रतिक्रिया