६ मंसिर २०८३, आइतबार

मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ चैत । मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् ।

मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी आजको बैठकमा दिनुभएको थियो ।

उहाँले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

उहाँको सो आग्रह लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गर्नुभएको थियो । बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु हुनुहुन्थ्यो । रासस