१४ कार्तिक २०८३, शनिबार

लेखा समितिमा आउनै मानेनन् प्रधानमन्त्री दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिए ।

तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो ।

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो । सोमबारसम्म फोन नै उठेन । फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् ।