१४ कार्तिक २०८३, शनिबार

मौका छोपेर गृह मन्त्रालयद्वारा चार अर्ब बजेट माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रूपैयाँ बजेट माग गरेको छ ।

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ’, अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’