– मिना बुढाथोकी
सल्यान, ७ चैत । राप्रपाका सह–महामन्त्री मनोज प्रधानले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था राजतन्त्र हटाउने निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् ।
०७२ सालमा जारी भएको संविधानमा राप्रपाको कुनैपनि एजेण्डा समावेश नहुँदा पनि निर्वाचन सम्पन्न गर्न सक्रिय भएपनि पार्टीको एकमात्र एजेण्डा सम्बोधन नभएकोप्रति उनले आपत्ती प्रकट गरे ।
अहिले आपूm सरकारमा रहेकाले निर्वाचन आयोगमा शान्तिपूर्ण आन्दोलन गरिरहेको र यही अवस्था रहे दुई हप्ता भित्र सरकार छोड्ने चेतावनी दिए । आप्mनो पार्टी फरक दृष्टिकोणबाट चलेको भन्दै जनताको मन जितेर अगाडि बढ्ने बताए । मधेशी मोर्चाले आप्mनो समर्थन फिर्ता लिएको बेला हामी सरकारमा समावेश भएको भन्दै उनले राप्रपाका माग पनि सम्बोधन नभए सरकार छोड्ने बताए ।
सल्यान सदरमुकाम खलंगामा रहेको निर्वाचन कार्यालय घेराउ कार्यक्रमलाई सम्बोघन गर्दै उनले दल दर्ता गर्दा निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाएको सरासर गलत भएको टिप्पणी गरे ।
आपूmहरु निर्वाचन नगराउने तत्वका विरुद्दमा लागेको कुरा सबैले बुझनु पर्ने भन्दै उनले देशलाई मुठभेड तिर लग्न खोज्नेहरुका विरुद्द सबै एक भएर जुट्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया