काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पाटीले निर्वाचन आयोगलाई आफ्नो पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
पार्टीले सोमबार आयोगलाई ज्ञापनपत्र बुझाउँदै विधान परिवर्तनको निर्णयले राप्रपाको आधारभूत मान्यता खारेज भएको र नेपालको संविधान २०७३ को मर्म र भावना विपरित भएको ठहर गरेको छ ।
संविधानले राजनीतिक दललाई विचार ग्रहण गर्ने एवं जनताको अभिमतबाट आफ्नो विचार स्थापित गर्ने अधिकार सुनिश्चित गरेकाले आयोगले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
आजै राप्रपाले आयोगको निर्णय विरुद्ध निर्वाचन आयोगको कार्यालय घेराउ समेत गरेको छ ।












प्रतिक्रिया