काठमाडौं, ७ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल एमालेले आफ्नो स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ ।
अहिले केही समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा मेची महाकाली राष्ट्रिय अभियानको समीक्षा, स्थानीय निर्वाचन, मधेसी मोर्चाको माग, संविधान संशोधन लगायतका विषयमा छलफल हुन सक्ने बुझिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठका अनुसार समग्र राजनीतिक अवस्थामा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको बताए ।











प्रतिक्रिया