२० कार्तिक २०८३, शुक्रबार

दाङका सिमेन्ट उद्योगहरूले मापदण्ड पूरा गरेनन् : सांसद देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दाङ जिल्लामा स्थापना भएका सिमेन्ट उद्योगहरूका कारण दिनप्रति दिन वातावरण विग्रिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद देवकोटाले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूले सरकारी मापदण्डलाई कार्यान्वयन नगरेको बताइन् । ‘सिमेन्ट उद्योगहरूले सरकारी मापदण्ड कार्यान्वयन गरेका छैनन् ।

उद्योगहरूका कारण दाङका जनताको स्वास्थ्य दिनप्रति दिन विग्रदै आएको छ । सडकहरू भत्किएका छन् । दुर्घटना बढिरहेका छन् । यसलाई रोक्नेतिर सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

कांग्रेस सांसद देवकोटाले लमही–तुलसीपुर सडक चार लेन बनाउनु पर्नेमा त्यसलाई रोक्ने प्रयास भएको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘सुशील कोइराला प्रधानमन्त्री भएका बेला लमही–तुलसीपुर सडक चार लेनको बनाउने निर्णय भएको थियो’, उनले भनिन्, ‘अहिले त्यो निर्णयलाई तुहाउने कार्य भइरहेको छ । यस्तो काम भयो भने कांग्रेसले आवाज उठाउनेछ ।’

एमालेकी सांसद अनारकली मियाँ सरकारले वजेट रकमान्तर गरेर दुरुपयोग गरेको बताएकी थिइन् । उनले सरकारलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरिन् ।