काठमाडौं, ७ चैत । ‘हिन्दू राष्ट्र र राजसंस्था’को माग गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोगविरुद्ध धर्नामा बसेका छन् ।
निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि सो पार्टीका अध्यक्ष समेत रहेका मन्त्री थापा आफै धर्नामा बसेका हुन् ।

राप्रपाले सोमबार आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना दिएको छ । केन्द्रीय कार्यालय कान्तिपथमा धर्ना दिन गएका राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।
झडपपछि अहिले राप्रपाका नेताहरु धर्नामा छन् । धर्नामा उपप्रधानमन्त्री थापासँगै वरिष्ठ नेता पशुपति सम्शेर राणा, मन्त्री दिपक बोहरा लगायत छन् ।












प्रतिक्रिया