– अनिल खत्री
गुल्मी, ७ चैत । माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षा दिन गुल्मीको रिडि आएका एक विद्यार्थी रिडि स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन ।
पौडी खेल्ने क्रममा बेपत्ता हुने विद्यार्थीमा जिल्लाको ठुलो लुम्पेक वडा नं. २ घर भएका चेतन सिंज्याली रहेको इलाका प्रहरी कार्यालय रिडी गुल्मीले जनाएको छ ।
उनीसंगै चार जना साथीहरु सहित आइतवार दिउँसो पौडी खेल्न कालीगण्डकी नदिमा गएका थिए । पौडी खेल्ने क्रममा चेतन अचानक खोलाले बगाए पछी बेपत्ता भए हुन ।
बेपत्ता भएपछि स्थानीयवासी, प्रहरी तथा उनका आफन्तहरुले कालीगण्डकीमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया