काठमाडौं, ७ चैत । मेची महाकाली राष्ट्रिय अभियानको समीक्षा र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दैछ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा विशेष गरेर स्थानीय अभियानको समीक्षा हुनेछ । अभियान सफल भएको निष्कर्ष निकालेको एमालेले सप्तरी घटनापछि प्रदेश नम्बर २ मा स्थागित गरिएको कार्यक्रमका विषयमा पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत छलफल हुनेछ ।
सचिवालय सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको निर्वाचन क्षेत्र अनुसार पार्टीको सांगठनिक ढाचा निर्माण गर्ने विषयमा पनि छलफल हुनेछ ।
बैठकले नयाँ संरचनामा अनुसार पार्टीको ढाचा परिवर्तन गर्दै स्थानीय निर्वाचनमा नेता कार्यकर्ता परिचालनका लागि समिति बनाउने जनाइएको छ ।











प्रतिक्रिया