६ मंसिर २०८३, आइतबार

हिन्दू राष्ट्रको माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

राप्रपाका ६ सांसदले आइतबार दर्ता गराएको प्रस्तावमा संविधानको धारा ४ को उपधारा १ मा संशोधनः ‘धर्मनिरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र’ भन्ने बाक्यांश राख्न भनिएको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार कुन्ती शाही, जयन्त चन्द, सुशीलकुमार श्रेष्ठसहितका ६ सांसदले विधेयक दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।

राप्रपाले दर्ता गरेको संशोधन विधेयक सभामुख ओनसरी घर्तीले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जाने संसदको सचिवालयले जनाएको छ ।