काठमाडौं, ६ चैत । बीबीसी नेपाली सेवाबाट राजीनामा दिएर नयाँ पार्टी खोलेका रवीन्द्र मिश्रले राजनीनिक विश्लेषक प्रोफेसर डा. सुरेन्द्र केसीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् ।
आफ्ना विद्यार्थीलाई असल र विशिष्ट प्राज्ञिक संस्कारबाट दीक्षित गर्नुपर्ने व्यक्तिले सस्तो र चरित्रहत्या गर्ने कार्य गर्नु दुर्भाग्यपूर्ण ।
केसीले केही दिनअघि सगरमाथा टेलिभिजनमा दिएको एक अन्तर्वाताका क्रममा बीबीसीले नेपाललाई भारतमा मिलाउँदा के होला भनेर बहस चलाएको र त्यहि संस्थामा काम गरेका रबीन्द्र मिश्र र उनको साझा पार्टी सीके राउतको अर्को रुप भएको आरोप लगाएका थिए । उनले रवीन्द्र मिश्रसंगै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई पनि सोही आरोप लगाए ।
आफूमाथि गम्भीर आरोप लगाएपछि रवीन्द्र मिश्रले आइतबार फेसबुकमार्फत त्यसको खण्डन गरेका हुन् । उनले आफ्ना विद्यार्थीलाई असल र विशिष्ट प्राज्ञिक संस्कारबाट दीक्षित गर्नुपर्ने व्यक्तिले सस्तो र चरित्रहत्या गर्ने कार्य गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । साथै अन्तरवार्ता लिने पत्रकार पनि यस कुरामा त्यतिकै दोषी रहेको भनेका छन् ।
यस्तो छ मिश्रको खण्डनः
हेर्नुस् केसीको आरोपः
















प्रतिक्रिया