
काठमाडौं, ६ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय यादवले स्थानीय निर्वाचनको वातावरण विथोल्ने काम भइरहेको आरोप लगाएका छन् ।
संसदको आजको बैठकमा बोल्दै सांसद रायले संविधान संशोधन नहुँदासम्म मधेसमा चुनाव हुन नसक्ने बताए । ‘सरकारले निर्वाचनको वातावरण विथोल्ने काम गरिरहेको छ’, उनले भने, ‘मधेसी मोर्चाको विरोध हुँदाहुँदै गाउँपालिका र नगरपालिकाको बोर्ड राख्न जाँदा स्थानीयले अवरोध गरिरहेका छन् । अब सिडिओले बोर्ड राखेर कुर्न अर्थ छैन ।’
निर्वाचन गर्ने हो भने संसदमा रहेकोे संशोधन विधेयकलाई परिमार्जनसहित पारित गरेर जानुपर्ने उनको भनाइ थियो । उनले यथाअवस्थामा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताए ।
यसैबीच, मधेसी मोर्चामा आबद्ध दलका सांसदहरूले आजको संसद पनि बहिष्कार गरेका छन् । उनीहरूले सदनमा नारावाजी गर्दै बाहिरिएका थिए ।











प्रतिक्रिया