काठमाडौं, ६ चैत । राष्ट्रिय जनमोर्चाले राप्रपाको विधानबाट ‘राजसंस्था र हिन्दु राष्ट्र’ सम्बन्धी वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई गलत र संविधानले दिएको अधिकारविरुद्धको कदम भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ,’
जनमोर्चाले हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुने भन्दै तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखाने तर्क गरेको छ ।
राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टी हो ।











प्रतिक्रिया