६ मंसिर २०८३, आइतबार

‘सरकार चुनावबाट भाग्न चोर बाटो खोजिरहेको छ, एमालेले डटेरै सामना गर्छ’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ चैत । नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरैले घोषित मितिमै स्थानीय तहको निर्वाचन गराउन चौतर्फी दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीद्धरा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकोले त्यसका लागि प्रतिपक्षमा बसेको एमाले जिम्मेवार भएर लागिपर्ने बताए ।

तीन तहको निर्वाचन भएन भने काम चलाउ रुपमा रहेको व्यवस्थापिका संसदको अस्तित्व पनि समाप्त हुने भएकाले त्यसलाई बचाउनको लागि पनि निर्वाचनको विकल्प नभएको उनको भनाइ छ । उनले भने नेपालको स्वाधिनता नचाहने व्यक्तिले देशमा अस्थिरता निम्त्याइरहेकाले त्यसको सामना गर्न जरुरी रहेको छ ।

प्रतिपक्षमा बसेको पार्टीले चुनाव गराउन चाहेको र सरकार चुनावबाट भाग्न चोर बाटो खोजिरहेको समेत उनले आरोप लगाए । अहिले एमालेप्रति बढेको जनलहर देखेर निर्वाचनमा पराजित हुने डरले निर्वाचन स्थगित गर्न अवसरको खोजि भइरहेकोले त्यसका लागि आफ्नो पार्टी सचेत भएर बसेको उनको भनाइ छ ।

लामो समियदेखि देश जनप्रतिनिधि विहीन अवस्थामा रहेको भन्दै उनले भने स्थानीय तहको निर्वाचन हुनुपर्छ, निर्वाचन रोक्ने खेलको एमालेले डटेरै सामना गर्छ । अहिले नेपालको अस्तित्व समाप्त पार्ने खेल चौतर्फी भइरहेको भन्दै त्यस्ता तत्वलाई लोकतान्त्रिक विधिबाट समाप्त पार्न सकिन्छ उनले भने ।

एमालेले मेची महाकाली अभियान भव्यताका साथ सम्पन्न गरेको भन्दै उनले भने अब एमाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउन जुटिरहेको छ ।