बाँके, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको स्थानीय तहको निर्वाचनपछि एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
नेकपा एमाले प्रचार बिभाग बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्बाचनपछि सत्ता समिकरणका लागि एमालेले कसैसंग गुहार माग्नु नपर्ने समेत बताउनुभयो ।
अहिलेको अबस्थामा सत्ता समिकरणका लागि एमालेको बिचार के भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले नेपाली जनताले एमालेलाई चिनिसकेकोले एमाले सत्ता हेरफेरमा नलाग्ने स्पष्ट पार्नुभयो । ओलीले लामो संघर्ष पछी प्राप्त गरेको लोकतान्त्रिक संबिधानले सबैलाई समान अधिकार प्रदान गरेको उल्लेख गर्दै सिमित स्वार्थ बोकेकाहरुले अफवाह छर्दै संबिधानप्रति जनतामा गलत भ्रम छरेको आरोप लगाउनु भयो ।
पूर्ब प्रधानमन्त्री समेत रहनुभएका ओलीले मेची महाकाली अभियानको क्रममा मधेसी मोर्चाले अराजनीतिक अलोकतान्त्रिक हिंसाबादी र आतंकारी चरित्र देखाएको उल्लेख समेत गर्नुभयो । जनतालाई उत्तेजनामा लिएर स्कुल पढने बालबालिकालाई ढुंगा हान्न सिकाउने निन्दनीय कार्यको जनताले मुल्याकंन गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिब इश्वर पोख्रेलले एमालेले झापा बाट शुरु भएको मेची महाकाली अभियान सानदार रुपमा सम्पन्न भएको बताउँदै जारी भएको संबिधानलाई कार्यान्वयन गर्नका लागी निर्बाचनमा जाने कुरालाई कुनै पनि बहानामा टार्न नसकिने बताउनुभयो ।
















प्रतिक्रिया