२० कार्तिक २०८३, शुक्रबार

निर्माण व्यवसायी चन्दसहित सयौं युवा राप्रपामा प्रवेश

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर,५ चैत । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द सहित सयौ युवा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

शनिबार राप्रपा कञ्चनपुरले आयोजना गरेको चुनाव चिन्ह सार्वजनिकिकरण कार्यक्रममा निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द सहित २ सय बढि युवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हुन् ।

उक्त अबसरमा चन्दका साथै युवा ब्यावसायी तथा सञ्चार उद्यमी दिनेश श्रेष्ठ महिला ब्यवसायी हेलन श्रेष्ठ शिव सेना नेपालका अध्यक्ष हरिस साउद उद्योग बाणिज्य संघका सदस्य करन पाल  भावना केसी लगायत २ सय जना युवाहरुले पार्टी प्रवेश गरेका छन ।

उनीहरुलाई राप्रपाका सात नम्बर प्रदेश इन्चार्ज नन्दलाल चटौत, राप्रपाका केन्द्रीय पुर्व सहमहामन्त्री धर्मराज जोशी, हिक्मत सिह भण्डारी, पतिराम चुनारा लगायतका नेताहरुले टिका लगाएर सम्मान गरेका थिए । कार्यक्रमा मुलुकको संस्कृती रक्षाका लागि राप्रपामा युवाहरुको लहर बढ्दै गएको बताएका छन ।

प्रवेश कार्यक्रमपछि उनीहरुले बजारमा वाजा गाजा सहित र्याली समेत निकालेका थिए ।

डिल्लीराज पन्तबाट ।