२० कार्तिक २०८३, शुक्रबार

नेपालगञ्जमा प्रहरीसँग भिडेका मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– क्षेत्रनाथ देबकोटा

बाँके, ५ चैत । नेपालगन्जस्थित सोनपुरमा प्रहरी झडपमा परि चैत १ गते घाइते भएका जमील भाटको उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानका दिन नेपालगन्ज गुलरिया सडकखण्ड अवरुद्ध गर्ने क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका ७२ वर्षिय भाटको आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मो. इतियाक राईले बताउनुभयो ।

प्रहरीले सोनपुरमा मोर्चा कार्यकर्ताहरुमाथि लाठी चार्ज गर्दा करिब १४ जना घाइते भएका थिए । हिजो समस्या भएर दोस्रो पटक अस्पताल पुगेका भाटको उपचारका क्रममा निधन भएको हो ।